शाेभा यात्रा विशेष कार्यक्रम , हनुमान मंदिर, हनुमाननगर
शाेभा यात्रा विशेष कार्यक्रमका लागि सबैमा हृदय देखि हार्दिक निमन्त्रणा । सहभागी भई पुण्यकाे भागी बनाै ।
प्राचिन मिथिला समयमा रिषीमुनी, तपस्वी, ज्ञानी, श्रद्धालुको कोशीमा महास्नान पछि बिश्राम गर्ने हनुमाननगरमा रहेको दावी गरिए अनुसार विश्वकै एकमात्र कालो हनुमान प्रतिमा रहेको मंदिरलाई सिद्धि र संकट निवारण धार्मिक पर्यटनस्थलको रुपमा लिईन्छ ।
कोशी स्नान पछि हनुमानजीले समेत यसै हनुमाननगरमा दर्शन दिएको र मिथिलाको विलय पछि धेरै वर्ष सम्म हनुमानजीको बालरुपी कालो मुर्ति पनि गर्भमै रहेको विश्वास गरिन्छ ! धेरै पछि एक तपस्वी सिद्धी पुरुष त्यसै स्थानमा वास बस्दा सपनामा हनुमानजीले मेरो बालसुलभ कालो स्वरुप सहितको मुर्ति यसै भुमिमा रहेको छ र यसलाई निकाली पुजा गर्नु भनेकाले खोज्दा साक्षात मुर्ती भेटिएको हो र अहिले पनि यसलाई मानिस सिद्धी र संकट निवारण हनुमानका रुपमा पुजा गर्ने गरेको छ भने यसैको नामले यस ठाउँको नामाकंन पनि हनुमाननगर गरिएको हुनसक्ने स्थानियको भनाई रहेको छ । स्थापना र अस्तित्वको यकिन वर्ष नरहे पनि सयौं वर्ष हुनसक्ने अनुमान गर्ने गरिन्छ । कालो स्वरुप हनुमानको महिमा बिभिन्न धार्मिक ग्रन्थहरुमा समेत रहेको पाईन्छ ।
यही मिति 2081-01-11 गते हनुमान ज्यन्ति मा स्थानीयहरु शाेभा यात्रा निकाल्न गइरहेको छ्न।
शाेभा यात्रा विशेष कार्यक्रमका लागि सबैमा हृदय देखि हार्दिक निमन्त्रणा । सहभागी भई पुण्यकाे भागी बनाै ।
समय:- बिहान ८ बजे स्थान :- हनुमान मन्दिर हनुमाननगर |
.पर्यटन बिकासको पर्खाईमा हनुमान मंदिर,
त्यसैले धार्मिक पर्यटन बिकासको लागि यसको प्रबर्द्धन तथा संरक्षण र सम्बर्धण जरुरी छ ।
जय सियाराम ! जय हनुमान !