काला हनुमान नै किन ? हाम्रो हनुमाननगर सप्तरी




 सप्तरीको हनुमान नगर स्थित काला हनुमान संभवत एक मात्र विशिष्ट पहिचान बोकेको धार्मिक स्थल हो । शिवको ११ औ रुद्र अवतार मानिने हनुमानलाई मंगलकारी र अनिष्ट वा कुनै पनि अप्रिय दुर्घटनाबाट कल्याण गराउने अष्ट चिरिन्जिबि मध्येका एक जिवित देवताको आस्था र परम्परा हुन । राजमार्ग को छेउछाउ सवारी दुर्घटनाहरु कम हुन भन्ने कामना मात्र होइन गाउँ र शहरहरुको मंगल र सुरक्षार्थ पनि हनुमानका मन्दिरहरु स्थापना र नित्य पुजा गर्ने चलन छ । विशेष गरि मंगलबार विशेष पुजा र उपासना ग हनुमानको सबै मुर्ति रातो नै हुने गर्छ भने मन्दिर पनि रातो रंगले श्रृङ्गार गरिएको हुन्छ । त्यसो हो भने हनुमान नगरको एका मात्र विशेष हनुमानको मुर्ति चाहिँ किन कालो ?


यो नगरको नाम नै हनुमानको नामबाट राखिएकाले यो पनि एउटा संयोग मात्र नभएर यथार्थ नै होला अन्त कतै हनुमान नगर नहुनु । सप्तरी जिल्लाको पुरानो प्रशासनिक ठाउँ मात्र होइन होला! संभवत यहाँ पहिलो बस्ति नै हुनुपर्छ र किनभने अहिलेको सदरमुकाम राजबिराज २०१४ सालमा पहिलो पटक योजना गरेर बनाइएको शहर हो । किवदन्ति अनुसर पहिले सप्तकोसीले सधै यो नगरलाई क्षति पुऱ्याउने र धेरैको धनजनको नोक्सान भए पश्चात् स्वयं हनुमान नगर वरिपरीको बस्ति सुरक्षा र कल्याणका लागि विरजमान भएको भनाइ मैले पढेको र सुनेको हुँ ।


Further reading