जिमेलको विकल्पमा ‘एक्स मेल’ ल्याउँदै एलन मस्क !

 ईमेल सेवाको विश्व बजारमा एलन मस्क पनि प्रवेश गर्ने सम्भावना देखिएको छ । गुगलको विश्व चर्चित उत्पादन जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा ल्याउने सङ्केत गरेका हुन् ।


जिमेल बन्द हुने सम्बन्धी मिथ्या खबर फैलिरहेको बेला एक्सका सेक्युरिटी इन्जिनियर नाथन म्याकग्रेडीले हिजो (शुक्रवार) मात्रै 'एक्समेल कहिले आउँछ' भनेर एक्समा प्रश्न गरेका थिए । उनैको पोस्टमा रिप्लाई गर्दै मस्कले एक्स मेल चाँडै आउने जनाएका हुन् । त्यसले बजारमा नयाँ ईमेल सर्भिस आउने सङ्केत मिलेको हो ।